ललितपुरका दुइ मतदान केन्द्रमा बम बिस्फोट

२०७४ मंसिर १४ गते, बिहीबार

काठमाडौ, १४ मंसिर । ललितपुरको महालक्ष्मी नगरपालीकामा आज बिहान बम बिस्फोट भएको छ । महालक्ष्मी नगरपालीका वडा नम्बर ६ को दरननी र देवननी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको हो । आज बिहान साढे आठ बजेतीर ठुलो आवाजमा बम बिस्फोट भएपनि स्थानीय त्रसित बनेका थिए ।
लगत्तै अहिले नेपाल प्रहरी , ससस्त्र तथा सेनाको टोली घटनास्थल गएको ईनिस्पेक्टर रोशन पाण्डेले जानकारी दिए । बस्ती देखि केहि ढाडा नै बिस्फोट भएकाले मानवीय क्षती भने नभएको पाण्डेले बताए ।
स्थानीयले नै बम बिस्फोट भएको भनेर खबर गरेपछि अहिले सो क्षेत्रमा ब्यापक मात्रामा सुरक्षा टोली परिचालन गरिएको जानकारी दिदैँ उनले घटनाबारे अनुसन्धान भईरहेको बताए । बम कसले किन बिस्फोट गरायो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]