देउवा निवास बुढानिलकन्ठमा बम बिस्फोट

२०७४ मंसिर १६ गते, शनिबार

काठमाण्डौ , १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा बम बिस्फोट भएको छ । आज राति करिब साढे ८ बजेतीर देउवाको घरमा बम बिस्फोट भएको हो । ठुलो आवजमा बिस्फोट भएको सुनेपछि स्थानीय त्रसित बनेका थिए । अहिले सो क्षेत्रमा प्रहरी ,ससस्त्र तथा नेपाली सेनाको टोली परिचालन गरीएको प्रहरी प्रभाग बुढानिलकन्ठले जनाएको छ । प्रहरीका अनुसार ठुलो आवाजमा बम बिस्फोट भएपनि कता बिस्फोट भएो हो भन्ने नै छुट्याउन नसकिएको र घटनास्थलमा अहिले अनुसन्धान जारी रहेको छ ।
यस्तै सितापाइलाको शरणपुरस्थित टुसालडाँडा मतदान केन्द्रनजिकै पनि बम बिष्फोट भएको छ । आज साझ करिब साढे सात बजेतीर बम बिस्फोट भएको जनाईएको छ ।
त्यस्तै आजै गुर्जुधारामा पनि बम विष्फोट भएको खबर प्राप्त भएको छ । आजै बिहान साढे ६ बजेतीर सतुङ्गल कन्चनबस्तीमा पनि बम बिस्फोट भएको बताईएको छ ।
यस्तै आजै साझ ललितपुरको कुपन्डोलमा बम बिस्फोट भएको भएको थियो । ललितपुर महानगरपालीका वडा १० को मतदान केन्द्र छेउमा बम बिस्फोट भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]