गाेपालमान श्रेष्ठलाई लक्षित गरि बम बिस्फोट

काठमाडौँ, १७ मंसिर । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ काे भिरकाेट नगरपालिका वार्ड नम्बर ८ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा शिक्षा मन्त्री गाेपाल मान श्रेष्ठलाई लक्षित गरि शक्तिशाली बम बिस्फोट गराईएकाे छ । चुनावी प्रचारप्रसारमा सेना , शस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाका साथ हिडेका श्रेष्ठ माथि दिन दहाडै शक्तिशाली बम प्रहारबाट प्रहरीको समेत भागाभाग भएको थियोे भने सर्बसाधारणमा निकै त्रास पैदा भएको बुझिएको छ । काँग्रेस ले भने यसको दाेष एमालेलाई लगाएको छ । स्मरण रहाेस काँग्रेस एमालेकाे प्रचार टिम अगाडि पछाडि रहेको अबस्थामा नै गाेपालमान माथि बम प्रहार भएको थियोे ।