देउवा बसेको होटल बाहिर शक्तिशाली बम

२०७४ मंसिर १८ गते, सोमबार

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा बास बसेको होटल बाहिर शक्तिशाली बम भेटिएको छ । धनगढीको होटल डिभोटी अगाडि रहेको राष्ट्र बैंक अगाडीको पुल नजिकै बम फेला परेको हो। पत्रकार उन्‍नती चौधरीले बम डिस्पोज नेपाली सेनाको टोली घटनास्थल पुगेको जानकारी पाएको बताएकी छन् ।
चुनावी प्रचारको क्रममा सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री अाइतबार राति उक्त होटलमा बास बसेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]