बम बिस्फोट , गगन थापा सहित १० घाइते

२०७४ मंसिर १८ गते, सोमबार

काठमाडाैं, १८ मंसिर । काठमाण्डौको नारायणस्थानस्थित चपली हाइटमा बम बिष्फोटन हुँदा पूर्व मन्त्री तथा काग्रेस उम्मेदवार गगन थापा सहित १० जना घाईते भएका छन् । काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए । उनका अनुसार घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बम लागेर थापा घाइते भएका छन् । उनीसहित १० जना घाइते भएका छन् ।
“गगन दाइलाई लक्षित गरी हानिएको बमले उहाँको ढाड र कानमा चोट लागेको छ,”मुडवरीले भने, “उहाँसहित घाइते सबैलाई अहिले शिक्षण अस्पताल ल्याइएको छ ।” प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]