प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास क्षेत्रमै बम !

२०७४ मंसिर १८ गते, सोमबार

काठमाडौं, १८ मंसिर । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास नजिकै बम राखेको भेटिएको छ । अत्यधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडी नै बम राखिएको हो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । एउटा बम निष्क्रिय पारिएको थियो भने एउटा निष्क्रिय पार्नु अगावै पड्किएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]