स्थानीयले जलाए मतपेटिका

काठमाडौँ , २० मंसिर । सुर्खेतको तरङ्गा मतादन केन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्कूलभित्रै थुनेर स्थानीयले मतपेटिका जलाएका छन् ।
सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरी मावि तरङ्गा मतदान केन्द्रका मतपेटिका कब्जा गरेर स्थानीयले जलाएका बताइएको छ । गएराति ११ बजेतिर मतदान अधिकृतसहित २१ जनाको टोलीलाई स्थानीयवासीले आफ्नो कब्जामा लिएका थिए । मतदान केन्द्रको सुरक्षार्थ खटिएका म्यादीसहित १६ जना प्रहरीलाई स्कूलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीय बिकास बिकले बताए । मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई छोडिदिएको बिकले जानकारी दिए ।