ललितपुरमा बम आतंक

काठमाडौँ , २१ मंसिर । ललितपुर महानगरपालीकाको बिभिन्न मतदान केन्द्रमा आज बम बिस्फोट भएको छ । ललितपुर वडा नम्बर १४ फुलचोकि मतदान केन्द्रमा शक्तिशाली बम बिस्फोट भएको छ । मतदाताहरु भोट हाल्न लाईनमा बसिरहेको अवस्थामा बम पड्किएपछि केहिबेर भागदौड मच्चीएको थियो ।
यस्तै महालक्षी नगरपालीका ६ तरननी मतदान केन्द्रमा पनि बिस्फोट भएको छ भने ललितपुरकै गोदावारी नगरपालीका गोदामचौर मतदान केन्द्रमा पनि बिस्फोट भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुरको बागमति गाउपालिका ६ आस्राङ स्थीत कालिदेबि मा.बि मतदान केन्द्र र बागमती गाउपालिका वडा नम्बर ७ गाँउसेबेसी मतदान केन्द्रमा आज बिहान बम बिस्फोट भएको छ । बम कस्ले र किन बिस्फोट गरायो भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यस्तै ललितपुरकै चापागाँउ स्थित प्याङगाँउ मतदान केन्द्रमा बम फेला परेको छ । उक्त बम सेनाको बम डिस्पाजल टोलीले निश्कृय पारेको जनाएको छ ।
यता ,सप्तरीको महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयवासीले मतदान वहिष्कार गरेका छन् । सो मतदान केन्द्रमा ९ सय ६० मतदाता रहेका छन् । उक्त मतदान केन्द्रमा विहान सात वजे देखिनै सवै प्रक्रिया मिलाएर कर्मचारीहरू तयारी अवस्थामा रहेका छन् । तर मतदाताहरु भने कोही पनि मत हाल्न नजाँदा मतदान केन्द्र सुनसान छ । निर्वाचन कर्मचारीको पहलमा सर्वदलीय वैठकहरुमा पनि कोहि न आएको मतदान अधिकृत धनेश्वर साह बताए । महदेवा स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा सिके राउतको पैतृक गाउँ हो ।
उता कपिलवस्तुको शिवराज नगरपालिकामा पर्ने नेपाल राष्ट्रिय नि. मा.बि. भगवानपुरमा र बाड्गङ्गा नगरपालिकामा पर्ने बाड्गङ्गा बहुमुखी क्याम्पसको मतदान स्थलमा शक्तिशाली बम बिस्फोट भएको छ। मतदान स्थलमा अन्य पनि थुप्रै शंकास्पद बस्तु फेला परेकोले नेपाली सेनाको बम डिस्पोजल टोलि मतदान स्थलमापुगि डिस्पोज गर्दा असफल भएपछि स्थिति तनावग्रस्त । मतदाताहरु भागदौडमा भएकोले हालसम्म मतदान हुन सकेन।
बुधबार राती मात्रै मतदान प्रभावित पार्ने उद्देश्यले जिल्लाको विभिन्न स्थान, शिवपुर, गजेडा,कर्मना,कोपवा,भगवानपुर लगायत दर्जनौं स्थानमा शक्तिशाली बम बिस्फोट भएको थियो भने धेरै स्थानमा शंकास्पद बस्तु फेला परेका थिए। शंकास्पद बस्तु डिस्पोज गर्न भोलि सम्म लाग्ने डिस्पोजल टोलिले बताएको स्थानीयले जानकारी दिएका छ्न।