प्रचण्डले छाडे लाजिम्पाट

२०७४ पुष १ गते, शनिबार

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाजिम्पाटको आवास छाडेका छन । उनि हिजोवाट ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । प्रचण्ड हिजो सांझा केहि सामान लिएर नयाँ आवासमा सरेका हुन् । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्ने बताइए पनि प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् । लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो । त्यति मात्र नभएर निर्वाचन अघि आफ्नो एक मात्र छोरो प्रकाश दाहाललाई गुमाएका प्रचण्ड दम्पतिले उक्त पिडाबाट मुक्त हुन पनि घर छाडेको स्रोत बताउछ । लाजिम्पाटमा बस्दा छोराको यादले सताउने र पिडि बल्झिरहनेहुँदा त्यसलाई कम गर्न नयाँ डेरा सकिएको भनाई छ ।
यद्धपि डेरा नै सर्नुपर्ने कारणबारे प्रचण्डले केहि बोलेका छैनन् । भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । नयाँबजारमा केही समय प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरे ।नयाँ घरमा लाजिम्पाटको भन्दा ठूलो कम्पाउण्ड रहेको छ । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्ने स्रोतले बतायो ।
यसवीचमा बाबुराम सानेपा सरेर हाल विशालनगरमा डेरा गरी बस्न थालेका छन् । उता माओवादी नेता नारायणकाजी श्रेष्ठको डेरा पनि ललितपुरमै छ ।
माओवादी पार्टीको विगतको नीतिअनुसार शीर्षनेताहरुले निजी घर खरिद नगर्ने प्रचलन छ । अब एमालेमा एकता गर्न लागेपछि भने सम्भवतः त्यो नीति व्यवहारिकरुपमा कायम नरहन सक्छ । किनभने, एमालेका प्रायः सबै शीर्षनेताहरुको राजधानीमा आआफ्नै घर छ ।

प्रतिक्रियाहरु

[anycomment]