पत्रकार डुम्रे रिहा

काठमाडौं, २ पुस । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेन स्थलवाट पक्राउ परेका पत्रकार प्रकाश डुम्रे २६ दिनपछि रिहा भएका छन् । पत्रकार डुम्रेलार्इ गत मंसिर ५ गते प्रहरीले बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।
क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, नेपाल पत्रकार महासंघ र मानवअधिकारकर्मीको पहलपछि पत्रकार डुम्रे आइतबार साँझ रिहा भएका हुन् । गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत रहेका डुम्रेलाई अाइतबार साँझ रिहा गरिएको क्रान्तिकारी पत्रकार संगठन नेपालले जानकारी दिएको छ ।
यसअघि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले पत्रकार डुम्रेलाई विना कारण गिरफ्तार गरिएको भन्दै रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई गिरफ्तार गर्नुको कारण माग गरेको थियो ।