एमाले र माअाेवादी केन्द्रकाे भागबण्डा मिल्याे !

२०७४ पुष ५ गते, बुधबार

काठमाडौं, ५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेका छन् । त्यसलाई अन्तिम रुप दिएका छन् । अध्यक्ष को बन्‍नेमा विवाद भएका कारण विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल नगरेपनि अनौपचारिक रुपमा नेताहरुले खाका तयार गरेका छन् ।
पार्टी ओली बन्‍नेकी प्रचण्ड बन्‍ने भन्‍नेमा विवद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव, सात जना सचिव बनाउने खाका तयार भएको हो । वरिष्ठ नेतामा एमालेबाट माधव कुमार नेपाल,झलनाथ खनाल र माकेबाट नारायणकाजी श्रेष्ठ रहेन बताइएको छ । त्यसैगरी महासचिवमा दुई जनामा एउटा एमालेबाट र अर्को माकेबाट राख्‍ने, सात सचिवमा एमालेको भागमा चार र माकेको भागमा तीन जना पर्ने गरी प्रारम्भिक खाका तयार गरिएको स्रोतको दाबी छ । मधेसी दलको एकताको ढाँचामा एमाले र माओवादी केन्द्रको एकता हुने भन्दै केही नेताहरुले उक्त खाकाप्रति असहमति जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]