‘ प्रचण्ड छट्टु स्याल भए ‘

२०७४ पुष ८ गते, शनिबार

काठमाडौं, ८ पुस । नेकपा कास्कीका सल्लाहकार ८६ बर्षिय भिम बहादुर चिलुवाल जाे लामाे समय मजदुर अान्दोलनमा बिताए र अहिले क्यान्सरको राेगले ग्रसित छन् । उनले भने प्रचण्डलाई जनयुद्ध कालमा उनी बाघ भएकोमा अहिले छट्टु स्याल भएर यताउताकाे सडेको सिनाे खादै हिडेका छन् । ईमानदार र पवित्र अात्मा भएकाहरू सहिद भएका छन् र तिनिहरुकाे अात्मलाई सम्मान गर्ने हाे भने सर्बहारा जनवाद अाउछ । कम्युनिस्टकाे कर्म भनेको बर्ग संघर्ष गर्ने हाे र लक्ष्य भनेको समाजवाद हुदै साम्यवादमा जाने हाे । नेपालमा प्रतिक्रियावादीकाे नेतृत्वमा संबिधान सभाको चुनाव भएकोले संबिधान पनि प्रतिक्रियावादी फटाहाकाे हितमा बन्यो तर रुसमा सर्वहारा कै नेतृत्वमा भए पनि फेरि बल प्रयोग गरेर कब्जा गर्नु पर्याे । जनयुद्ध प्रचण्डले अझै दुई बर्ष लम्ब्याएकाे भए जनवाद अाउने थियाे । उनिहरुकाे नाम संसारमा फैलिने थियाे । तर पुजीवादी संसदीय ब्यवस्थामा गएर जनयुद्ध छाेडे र क्रान्तिलाई धाेका दिए । बावुराम र प्रचण्ड धाेकेवाज रहेछन् । अब बाबुराम काँग्रेसमा र प्रचण्ड एमालेमा बिलय हुन्छन् । जनवाद र समाजवाद ल्याउने भनेर हामी जनयुद्ध लड्याै तर प्रचण्डले धाेका दिए । उनलेे बिचबिचमा झंगिदै भने हामीले हाम्रो समाज बनाईसकेका थियौं । अन्तर्राष्ट्रिय समुदायले पनि अब माअाेवादीले जितिसक्याे भनेका थिए । लालसेना बिनाको कम्युनिस्ट पार्टी हुदैन । बर्गबिहिन समाज साम्यवादमा नपुग्दा सम्म कम्युनिस्टहरूले बर्ग संघर्ष गरिरहन्छन् । तर नेपालमा प्रचण्डहरु सरकारमा गए, जनता छाेडे, धन कमाए, अाफ्ना नाता गाेता बनाए तर बदनाम कमाए र अहिले अाफु जस्तै लाेभि पापीलाई पछि लाएर एमालेमा जादै छन् । अब कसरी अगाडि बढ्नु पर्ला भन्ने प्रश्नमा उनी भन्छन् , बर्ग संघर्षमा जानू पर्छ, साम्राज्यवाद बिराेधी अन्तर्राष्ट्रिय समुदायको सहयाेग लिनु पर्छ र सर्वहारा अधिनायकत्व लागू गर्नु पर्छ । मेराे अायु त तीन महिना भन्दा पर जाने जस्तो छैन तर पनि जनवादी समाजवादी ब्यवस्था हेर्ने मन छ । हाे वास्तवमा उनी पाेखराकाे एउटा काेठामा डेरामा बस्छन् । एउटा मात्रै अबिबाहित छाेरी कल्पनाको सहारामा बाँचेका छन् । पाेखराकाे शहर मेमोरियल स्कुलमा शिक्षिका रहेकी छाेरिकाे सामान्य कमाईमा बाँचेका भिम बहादुर क्यान्सरको अन्तिम चरणको स्टेजमा छन् । उनलेे भने मेराे अल्सरकाे अप्रेशन २०४२ सालमा भएको हाे । त्यतिबेला पनि मलाई रगत दिने सहयोगी काेहि नभएकोमा बिदेशी पर्यटकले रगत दिएर बाँचेको हुँ । त्यसपछि याे ८६ बर्षकाे उमेरसम्म म बिरामी परिन र सामान्य बिरामी हुदा निमकाे पात खाएर बसे तर अहिले याे सन्चो नहुने राेग लाग्याे । उम्मेर बढी भएकोले अप्रेसन गर्न र किमाे दिन नमिल्ने रहेछ । उनी २०४० साल पछि माेटाे मशालमा कमिटेट हुदै अाएका रहेछन् । केहि बर्ष सुदुरपश्चिमकाे कैलालीमा पनि काम गरेका रहेछन् । लेखराज भट्ट लगाएतकाे नाम लिएर उनिहरु त साहु पार्टी माअाेवादी केन्द्र मै रहेछन् पनि भने । उनी बिरामी भएको सुनेर हामी चुनाव अगाडि नै भेट्न जान खाेजेका थियौं तर बेस्तताले त्याे संभव भएको थिएन । यसपटक भने लमजुङ जिल्ला पार्टीको बैठक सरेकोले पुस ७ गतेकाे दिनलाई गण्डक ब्युरो ईन्चार्ज कमरेड अास्था र मैले कार्यकर्ता भेटघाट कार्यक्रम बनाएर भेटियो । उनि संगकाे भेटले हामीलाई धेरै उत्साहित बनायो । हामीले उनी संगकाे संवादलाई केहि रेकर्ड पनि गर्याै र संभव भए यु ट्युवमा हाल्ने बिचार पनि गर्याै । तर उनीसँग काे भेट पछि उनकै शब्दमा थाेरै भए पनि नलेखि बस्न सक्किएन र यति लेखे । अनि उनको संक्षिप्त भनाइ पनि यसै साथ हाल्न मन लाग्याे । सलाम अास्था र अादर्शका धराेहर कमरेड भिमबहादुर चितुवाललाई । – अाेमप्रकाश पुन

प्रतिक्रियाहरु

[anycomment]