प्रचण्डको अाडमा अजय सुमार्गीले पुनः २२ अर्ब अवैध विदेशी रुपैयाँ भित्र्याउन लागे

२०७४ पुष ९ गते, आईतवार

काठमाडौं , ९ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अाडमा व्यापारी अजेयराज सुमार्गीले पुनः २२ अर्ब विदेशबाट अवैध रकम ल्याउन लागेको खुलासा भएको छ । पहुँचकै अाधारमा ४२ पटक अवैध विदेशी पैसा ल्याइसकेका सुमार्गीले पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
कान्तिपुरका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका अधिकारीले गरेको अनुसन्धानले २२ अर्ब अवैध रहेको पुष्टि गरेको हो । सुमार्गीले तीन वर्षयता ४२ पटक गरी करिब ११ अर्ब ५० करोड रुपैयाँ ल्याइसकेका छन् भने थप ११ अर्ब रुपैयाँ एफडीआईका रुपमा भित्राउन लागेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र केही सरकारी उच्च अधिकारीलाई प्रभावमा पार्न सफल भएका सुमार्गीले अवैध विदेशी पैसा नेपाल भित्र्याएर विभिन्‍न क्षेत्रमा लगानी गर्दै अाएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सुमार्गीको अवैध रुपैयाँ कागजी प्रक्रिया मिलाएर भित्र्याइएको थियो । प्रचण्डले उच्च सरकारीलाई उक्त अवैध रुपैयाँ ल्याउन सहज बनाउन निर्देशन नै दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]