सहिदको छोरीको प्रचण्डलाई खुल्ला पत्र : धेरै हालीमुहाली नगर्नुस ,जनताले मुल्यांकन गरि राखेका छन्

२०७४ पुष १६ गते, आईतवार

क. प्रचण्ड,
मेरो पिडाहरु र सानै देखिका यादहरु सम्झिदै गर्दा नेपाललाई परिवर्तन र दुखि गरिबका आधिकारका लागि लड्दै १० बर्षे जनयुद्धमा मेरो बाबाले साहादात प्राप्त गर्नु भएछ , सहिद हुनु भएछ । म त्यति बेला जम्मा ३ बर्षको रहेछु । म भर्खरै उमेरले ताते ताते गर्ने बेलामा र बाबा – आमा भन्ने बेलामा म टुहुरो भै सकेको रहेछु । मेरी आमाको सिउदोको सिदुर पुछि सकेछ । तर म अलि अलि बुझ्ने भै सकेपछि मेरो बाबा खोइ भनेर सोद्धा आमाका आखाहरु रसाउथे र मलाई तिम्र्रो बाबा भोलि पर्सि आउनु हुन्छ भन्दै सम्झाउनु हुन्थ्यो । तर मेरि आमालाई थाहा थियो कि छोडेर गएको मानिस कहिले फर्किदैन्न भनेर । मेरी ममतामय आमा सहिद भै सकेको बाबाले बोकेको झन्डा बोकेर निरन्तर पार्टीको बफादार कार्यकर्ता भएर मेरो ख्याल पनि नगरी सामाजका लागि क्रियाशील भै रहनु भयो र अहिले सम्म पनि क्रियाशील नै हुनहुन्छ । मेरो सानो सोचले बिचार गर्नु पर्दा पार्टीमा सहिद्का नाममा १ मिनेट मौन धारण गर्ने एउटा औपचारिकता मात्रै रहेछ । पार्टीले पटक पटक भन्ने गर्थ्यो सहिद भनेको गहना हो र सहिद परिवार भनेको मेरुदण्ड । खोई त आज नेताका आफन्त ,श्रीमती ,छोरा ,छोरिहरु पो मेरुदण्ड हुन पुगेछन् ! पार्टीको यस्तो चर्तिकला देख्दा स्वस्थानीको भनाइ पो याद आउछ – आफ्ना छोरा छोरी भए आफ्नैलाई दिनु, आफ्नो नभए मीत छोरा छोरीलाई दिनु , अनि त्यो पनि नभए… दिनु , त्यो पनि नभए खोलामा लगेर बगाईदिनु । साच्चिकै यहि स्वस्थानी कै कथा नै पो हुन पुगेछ हाम्रो पार्टीको राजनिती । नाता नपर्नेहरु हेरेको हेरै । नेता ज्युहरु अहिले धेरै हालीमुहाली नगर्नुस ,यो हजुरहरुको रजाई सम्पूर्ण देश, बिदेशका जनताले मुल्यांकन गरि राखेका छन । याद राख्नुस यो अन्यायको बदला इतिहासले बताउछ ।
आफ्नो बाबा नहुदाको पिडा म लेखाइ र भनाइ मार्फत कहिले व्यक्त गर्न सक्दिन । तैपनि आज आफ्नो आमाको अँाखाको त्यो आसु सहन नसकेर केही लेखौ भनी खोजेको हु । आफ्नो बाबाको त्यो न्यानो काखको आनुभब गर्न नपाई बाबा गुमाउनु पर्दाको पिडा त भोग्नेलाई मात्र थाहा हुन्छ । तर हाम्रो देशको शीर्षस्थ नेताहरुले कहिले बुझेनन् । कहिले कहिँ त यस्तो लाग्छ कि मैले यी नेताहरुलाई यो स्थानमा पुराउनकै लागि कलिलो उमेरमा बाबा गुमाउनु पर्यो । तर जे जस्तो भए पनि यो मेरो अन्तरात्मले एउटा मात्र मार्ग निर्देशन गरि राख्छ कि -” तेरो बाबाको रगत त्यतिकै खेर जान नदे” र म कदापि दिने पनि छैन ।
– सहिद शम्भुप्रसाद पौडेलको छोरी सामना पौडेल

प्रतिक्रियाहरु

[anycomment]