प्रचण्डको बेडमा ‘रअ’ का प्रमुख !

२०७४ पुष १९ गते, बुधबार

काठमाडौं, १९ पुस । नेकपा एमाले-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बेडमै भारतीय गुप्चर ‘रअ’का प्रमुख पुगेका छन् । राजनीतिक सहयोगसहित रअका प्रमुख अनिल धसमाना प्रचण्डको नयाँ निवासको बेडमा पुगेको बुझिएको छ । उनिसँगै काँग्रेस नेता अमरेशकुमार सिंह र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहित सोमबार विहानै खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको बुझिएको छ । एक महिनादेखि काठमाडौंमा रहेका प्रमुख अनिलसँगै बसेका अमरेशकुमार र महतोले लाई लिएर प्रचण्ड निवास पुगेका दुई नेताले तत्काल बाम गठबन्धन छोड्न र पाँच बर्षे प्रधानमन्त्री बन्न आग्रह गरेको बताइएको छ । सोमवार दिउँसो ३ बजे प्रचण्ड निवास खुमलटार पुगेका अनिलले प्रचण्डसँग ४५ मिनेट गोप्य वार्ता गरेका थिए । वार्तामा दुबै मधेसी नेता पनि सहभागी थिए ।
प्रचण्ड निकट स्रोतका अनुसार चुनावको परिणामलाई अाफूले बेवास्ता गर्न नसक्ने जवाफ प्रचण्डले दिएका थिए । प्रचण्डले पार्टी एकताको धेरै छलफल अगाडि बढिसकेका कारण अहिलेकै अवस्थामा पछी हट्‍न नसक्ने बताउँदै एमालेले बखेडा झिकेपछि मात्र गठबन्धन तोड्‍नेबारे छलफल गर्न सकिने बताए । उता राजपाका नेता महतोले भने प्रचण्डले अाफूहरुको कुरालाई सकारात्कम रुपमा लिएको बताएका छन् । प्रचण्डले संविधान संशोधनको पक्षमा अाफू रहेको बताएको महतोले बताउँदै अाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]