प्रचण्डलाई घात , एमाले-काँग्रेस साठगाठ

काठमाडौं, २० पुस । काँग्रेस र एमाले मिलेर सरकार गठनको प्रारम्भिक छलफल सुरु भएको छ । स्रोतका अनुसार बुधबार साँझ एमाले र काँग्रेसको युवा नेताहरुले दरवार मार्गको एक होटलमा सो बिषयमा छलफल गरेको स्रोतले बताएको छ । पहिलो चरणमा नेतृत्वमा देखिएको तिक्तता घटाउने र विश्वासको वातावरण तयार गर्ने, त्यसपछि नेतृत्व तहमै वार्ता र संवाद गराउने सहमति भएको छ । आफ्नो पार्टीको सहयोगमा प्रचण्डले चुनाव जितेको तर अहिले ठूलो भाग खोजेकोले नयाँ समिकरण आवश्यक भएको एमाले नेताहरुले छलफलमा कुरा राखेको स्रोतले बतायो । छलफलमा सहभागी एमाले नेताहरुले माकेलाई नेतृत्व दिएर पार्टी एकता तत्काल नहुने भन्दै काँग्रेस नेताहरुलाई अाश्वस्त पारेका थिए । त्यसैगरी काँग्रेस नेताहरुले सत्ता समिकरणको लागि प्रचण्ड भन्दा देउवा सहज हुने विश्वास दिलाएका थिए । विशेष गरी अाफ्नो नेतृत्वको सरकार ढालेदेखि नै काँग्रेससँग एमाले चिठिएको हो । त्यो कुरा पनि छलफलमा उठेको थियो । ओली नेतृत्वको सरकार ढाल्ने देउवाभन्दा प्रचण्डको बढी हात भएको काँग्रेस नेताहरुले बताएका थिए । दुबै पार्टीका युवा नेताहरुको छलफल राम्रो भएको र शुक्रबार फेरि दोस्रो बैठक बस्ने मिति पनि तय भएको छ ।
भारतीय पक्षको चाहना पनि वाम गठबन्धन टुटाएर एमाले वा माके र काँग्रेसको समिकरणमा सरकार बनाउने भएको सार्वजनिक भइसकेको छ । नेपालकाे सत्ता समिकरणमा महत्वपूर्ण भूमिका खेल्दै अाएको रअका प्रमुख पनि नेपालमै छन् । उनले प्रचण्डलाई नयाँ निवासमै पुगेर भेटेर काँग्रेससँग मिलेर सरकारमा जान सुझाव दिएका छन् ।