ओली बैंकक जाँदै

२०७४ पुष २१ गते, शुक्रबार

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् । मृगौला प्रत्यारोपणपछिको नियमित स्वास्थ्य परीक्षणका क्रममा उनि बैंकक जान लागेका हुन् । ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमालेले जनाएको छ । नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको बुझिएको छ । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । उनले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए । ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]