‘प्रधानन्यायाधीश पराजुली माफिया नै हुन्’

२०७४ पुष २६ गते, बुधबार

काठमाडौं , २६ पुस । .डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको बताएका छन् । सर्वोच्च अदालतको इजलासमै डा.केसीले पराजुलीमाथि लगाउँदै अाएको अारोप पुनः दोहोर्‍याउँदै माफिया भएको बताएका हुन् । हिजो दिएको बयनमाथि सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।
सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताए । उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको दोहोर्‍याएका छन् ।
यसैबीच, काठमाडौंको माइतीघरमन्डलामा .डा. गोविन्द केसीका समर्थकहरु भेला भएर प्रदर्शन गरेका छन् । ‘डा. केसीलाई बिनाशर्त रिहा गर’, ‘डा. केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]