प्रचण्डविरुद्ध अनसन बस्ने उदघोष

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । घर्तिमगरले आज काठमाडौंका पत्रकार सम्मेलनको अायोजना गरेर सो चेतावनी दिएका हुन् । घर्तिमगरले एक महिनाभित्र द्वन्द्व पीडितहरुले अाफूहरुले न्याय नपाए सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन् । जनयुद्धको क्रममा अाफूहरु माओवादीबाट पीडित भएको बताउँदै घर्तिमगरले तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए जनयुद्ध शुरु भएकै दिन अर्थात फागुन १ गतेबाट राजधानीको टुडिँखेलमा अनसन तथा धर्ना बस्ने उत्रिने चेतावनी दिएका छन् ।
सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्ती नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् । पत्रकार सम्मेलनमा घर्तीले अाफ्नो पार्टी काँग्रेस सरकारमा भएपनि उपचारको लागि निवेदन दिएपनि कुनै सुनुवाइ नभएको बताउँदै भने,‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाई भएको छैन्, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराईयोस् भनि विनम्र अनुरोध गर्दछु ।’
पत्रकार सम्मेलनमा घर्तीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६० हजार द्वन्द्व पीडितहरुसमक्ष माफी माग्नुपर्ने उनले बताए । सरकारले गठन गर्न आयोगहरु पैसा कमाउने र जागिरमा परिणत भएका बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले कुनैपनि काम नगरी एकवर्षे म्याद थप्न खोजिरहेको अारोप लगाए ।