‘प्रचण्डसहितका नेताहरुको निधारमा थुक्ने दिन नआओस् ‘

काठमाडौं , १ माघ । अाङकाजी शेर्पालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको निधारमा थुक्नु पर्ने बेला आउने सम्भावना ब्यक्त गर्दै पृथ्वी नारायण शाहको मात्र होइन प्रचण्डको निधारमा थुक्ने दिन नआओस् भन्ने टिप्पणी गरेका छन । शेर्पाले अाफू कुनै जाती विरोधी नभएर उत्पीडित वर्ग र समुदायको पक्षमा उभिएको बताए । उनले अाफू उत्पिडनमा परेका बाहुनहरुको नभएर केपी, प्रचण्ड र रामचन्द्र पौडेलजस्ता सिंहदरवारभित्र बसेर सत्ताको दुरुपयोग गर्नेको विरोधी भएको बताए । ”जातिय रूपमा म बाहुन बिराेधी हाेइन मैले बारम्बार भन्ने गरेकाे छु । बर्गीय र लैङ्गिक उत्पिडनमा परेका बाहुन र बाहुनीकाे बिराेधी हाेइन निश्चित रूपमा सिंहदरबारभित्र बस्ने केपी अाेली, प्रचण्ड, रामचन्द्र पाैडेलजस्ताा शासक बाहुहरूकाे घाेर बिराेधी हाे” अाङकाजीले भने । नेपालका बाहुन नेताहरुले अादीबासी जनजाती प्रयोग गरेर सत्ता कब्जा गर्ने र त्यसपछि भाषिक र सांस्कृतिक दवाव सिर्जना गर्ने गरेको बताउँदै शेर्पाले अाफू त्यस्तो बहुन नेताको विरोधी भएको बताए ।
सरकारले सार्वजनिक विदा दिएर पृथ्वीजयन्ती मनाइरहेको दिन पुस २७ गते शेर्पाको अगुवाइमा जनजाती अगुवाहरुले काठमाडौंको किर्तिपुरमा सांकेतिक रुपमा पृथ्वीनारायण शाहको तस्बिरमा सामुहिक रुपमा थुकेका थिए । पृथ्वीनारायण शाहले १२ धार्नी मानिसहरूकाे नाक कान काट्ने जस्ताे अमानवीय काम गरेको बताउँदै शेर्पाले पुस २७ गते एकता दिवस मनाउन नहुने बताए ।
”१२ धार्नी मानिसहरूकाे नाक कान काट्ने जस्ताे अमानवीय काम गरेका छन् । इतिहास नै गलत लेखियाे नाक कान काटेकाे कुरा उल्लेख छैन जित्नेहरूले लेखेकाे इतिहासमा हार्नेहरूकाे कुरा हुँदैन । पृथ्वीनारायणकै कारण अाज अादिवासी जनजातिहरू पछाडि पर्नुपरेकाे हाे” शेर्पाले भने । एक अनलाइनसँगको अन्तरवार्ताको क्रममा शेर्पाले नेपालकाे इतिहास गलत ढङ्गले लेखिएकाे भन्दै सच्याउनु पर्ने बताए । उनले किर्तीपुरबासीमा जुन खालकाे मानसिक पिडा छ त्यसप्रति सरकारले माफी माग्नु पर्ने तर्क गरे । संघीयता, धर्मनिरपेक्षता जस्ता कुराकाे पक्षमा बाेल्ने जनजाति नेताहरूलार्इ समाचारमा स्थान नदिएकाेले पत्रकारहरू समेत बिभेदकारी भएकाे उनकाे अाराेप छ ।