मनलाग्दी रुपमा कर उठाउन थालेपछि …

२०७४ माघ ८ गते, सोमबार

काठमाडौं, ८ माघ । मनलाग्दी रुपमा कर उठाउन थालेपछि नेपाल कम्युनिस्ट पार्टीले चामल बोकेका ६० खच्चडलाई नियन्त्रणमा लिएको छ । स्थानीय तहले बाटोबाटोमा कर उठाउन थालेपछि हुम्लाको लागि नेपाल खाद्य संस्थानको चामल बोकोका खच्चडलाई रोकेको हो । मुगु र हुम्लाको सिमनामा पर्ने चंखेलीमा उक्त खच्चडलाई रोकेको छ । स्थानीय करको नाममा मुगुमा प्रति किलो ३० रुपैयाँ र चंखेलीले गाउँपालिकाले २० रुपैयाँ उठाउन थालेपछि नेकपाका कार्यकर्ताहरुले खच्चरलाई रोकेका हुन् । त्यसैगरी जति स्थानीय तह बाटोमा छन् ती सबैले अाफू खुशी कर उठाउन थालेका छन् । बाटोबाटोमा कर उठाउन थालेपछि चामल सर्वसाधारणले किनेर खान नसक्ने गरी महंगो हुने बताउँदै नेकपाले बाटोबाटोमा उठाउने कर नलिने प्रतिवद्धता नगरेसम्म खच्चर नछोड्ने बताएको छ । नेकपाले जनताको ढाड सेक्नेगरी स्थानीय कर वृद्धि गरेको भन्दै विरोध गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]