‘ बैशमै बृद्धभत्ता खाने हो ?’ (बिज्ञप्तीसहित )

२०७४ माघ ११ गते, बिहीबार

काठमाडौं , ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको पछिल्लो निर्णयहरुको आलोचना गर्दै नयाँ सरकारले ति निर्णयहरु अस्वीकार गर्ने बताएका छन । उनले कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप समेत लगाए । अध्यक्ष ओलीले देउवा सरकारले संविधानको गलत ब्याख्यामा टिकेको भन्दै जाने बेलामा जथाभावी निर्णय गरेर देश र अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको बताए ।
सरकारले बजेट ल्याएको हो कि नीति तथा कार्यक्रम ल्याएको हो भन्दै ओलीले भने ‘कि पैसा राख्ने ठाउँ नभएर हल्का गरौं भनेर वितरण गरेको हो ?’ नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरे । ६५ बर्षमा नै बृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनी वैशमै बृद्धभत्ता खाने हो ?’

प्रतिक्रियाहरु

[anycomment]