‘प्रधानन्यायाधीशले मार्ने धम्की दिए ‘

२०७४ माघ १७ गते, बुधबार

काठमाडौँ , १७ माघ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन् । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछी अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्। आज बिहान जिल्ला प्रशासनमा जिउज्यानको सुरक्षा माग्दै आफूले निवेदन दिएको भण्डारीले जानकारी दिएका छन । सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद्दा लगाएपछि भण्डारीले केसीको मुख्य वकिलको रूपमा बहस गरेका थिए । बहस सकिएकै दिन पुस २६ गते साँझ ५: ३० बजे पराजुलीले फोन गरेर ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको भण्डारीले बताए। गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए। ‘बहसको दिन उहाँले मारिदिन्छु नै भनेर मलाई फोनमा धम्क्याउनु भयो। त्यसपछि पनि उहाँले फोन गरेर निकै धम्की दिनुभो। हिजो मात्र मेरो अफिसमा दुईचार जना मानिस आएर मलाई खोजेछन्। उनीहरू ‘हामीले जान्या छ खै सुरेन्द्र भण्डारी?’ भन्दै आएका थिए भनेर साथीहरूले सुनाए। अरुसँग मेरो केही दुस्मनी छैन तर प्रधानन्यायाधीशले भने फोनमा धम्क्याएकोले मैले जिप्रकामा अहिले सुरक्षा माग्दै निवेदन दिएको हुँ, ‘ भण्डारीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]