चुडामणी शर्माको घरमा कालोझण्डा

२०७४ माघ २३ गते, मंगलवार

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीले चुडामणी शर्माको घरमा कालोझण्डा गाडेको छ । आज दिउँसो नेकपा कार्यकर्ताहरुले शर्माको सम्पति राष्ट्रियकरणको माग गर्दै कालोझण्डा गाडेका हुन् । अख्तियार दुरुपोग अायोगले भ्रष्टाचार मुद्दामा खोजि गरिरहेका शर्माको बुढानिलकण्डस्थित घरमा कालोझण्डा गाडेका हुन् । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मामा घरमा तोडफोड समेत भएको छ । घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग क्षति पुगेको छ ।
कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादीत मुद्दामा पक्राउ परेका शर्मा केहि पहिले धरौटीमा रिहा भएका थिए भने अख्तियारले फेरि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]