नेकपाद्वारा गिरफ्तार कार्यकता रिहा नगरे शसक्त संघर्ष गर्ने उदघोष

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको सुर्खेतस्थित कार्यालयमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहा गर्न माग गरेको छ । आज बिहान प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य टेक्निकल , प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य तथा शिक्षक संगठन सुर्खेतका संयोजक हरिलाल महतारा , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नेकपाका जिल्ला सदस्य गाेमा अाेली र सर्जन सिंहलाई सुर्खेतबाट गिरफ्तार गरेको छ । यसप्रति नेकपाले घाेर आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गरेको छ । अन्यथा नेकपा यस बिरुद्ध शसक्त अान्दाेलन गर्ने बाध्य हुने उसले चेतावनी समेत दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]