सरकारलाई कर नतिर्न अपिल

२०७४ फाल्गुन ३ गते, बिहीबार

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई कर नतिर्न अपिल गरेको छ । सो पार्टीका बिभिन्न जिल्ला जनपरिषदहरुले विज्ञाप्ति जारी गर्दै सरकारलाई कर नतिर्न अपिल गरेका छन् । समानान्तर सत्ता चलाइरहेको नेकपानिकट जिल्ला जनपरिषदहरुले दलाल पुँजीवादी राज्यसत्ताले बढाएको अत्यधिक महंगी, भ्रष्टाचार र जनघातका विरुद्ध आपत्ति जनाउदै सो अपिल गरेका हुन् । यसैक्रममा अवध स्वायत्त प्रदेश अन्तर्गत कपिलवस्तु जनपरिषदका प्रमुख काजि थारुले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय सतालाई कर नतिर्न र सघर्षमा साथ दिन अपिल गरेका छन । यस्तै रुपन्देहीका प्रमुख शिशिरले प्रेश विज्ञप्ती जारी गर्दै महंगी, भ्रष्टाचार र अत्यधिक करवृद्धि गरेर नेपाली जनताको ढाड सेकेको भन्दै कथित जनप्रतिनिधिहरुले राज्यको ढुकुटीमा लुट मच्चाएको बताएका छन् । त्यसैगरी अवध स्वायत्त प्रदेश अन्तर्गत नवलपुर जनपरिषदका प्रमुख कुमार सीले कथित संविधान र संघीयताको नाममा गरिब नेपाली जनताको श्रम पसिनाद्धारा बनेको राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाएको भन्दै राज्यलाई कर नतिर्न अपील गरेका छन् ।
त्यसैगरी गुल्मी जनपरिषदका उपप्रमुख प्रशान्त बरालले प्रेश विज्ञप्ती मार्फत जबर्जस्त थोपरिएको महंगो कर दलाल राज्यव्यवस्थालाई नतिर्न अपील गर्दै जनताको वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागी एकीकृत जनक्रान्तिको महान यात्रामा गोलबन्द हुन अपील गरेका छन । त्यस्तै परासि जनपरिषदका प्रमुख करणले दलाल सतालाई कर नतिर्न भन्दै जनतालाई अपिल गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी निकट बिभिन्न जिल्लाका जनपरिषदहरुले सरकारलाई कर नतिर्न गरेको अपिलमा देशको राजस्वमाथि भ्रष्टाचार गरेर लुट मच्चाउने कथित नयाँ जनप्रतिनिधिको स्थानीय निकाय र सरकारले जनतालाई रोजगार र उत्पादनको अवसर नदिई उच्च कर दर निर्धारण गरेर जनताको ढाड सेक्ने काम भएको , यसले जनतालाई राहत होइन आहत पुर्याएको र जनजीवनमा झन झन् संकट बढाइरहेको विषयप्रति जनपरिषदको ध्यान आक्रिस्ट भएको जनाउदै यस विरुद्ध आफ्नो पार्टीको संघर्ष जारी रहेको भन्दै सम्पूर्ण करहरु पूर्ण रुपमा खारेज गरेको जनाएको छ । दुइ पटक संविधान सभाको चुनाव, स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको चुनाव गर्दै प्रदेशहरुको अस्थायी राजधानी निर्धारण गरेर जनयुद्धमार्फत नेपाली जनताले मसानघाटसम्म पुर्याइदिएको र विश्वमा कवाडी भएको दलाल संसदीय व्यवस्था नेपाल र नेपाली जनताको व्यवस्था नभएको र नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र व्यवस्था आवश्यक रहेको विषयलाई पुष्टि गरेको अपिलमा उल्लेख छ ।
यसैगरी , दलाल पुँजीवादी संसदीय व्यवस्थाले चुनाव गरेलगत्तै सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको, सिंहदरबारको भ्रष्टाचारले सबैखाले करवृद्धि गरी जनताको ढाड सेकेको र नेपाली जनताका लागि आकासिएको करवृद्धिले थेग्नै नसक्ने बोझ बढाई दिएको भन्दै दलाल पुँजीवादी व्यवस्थालाई कुनै पनि कर नतिर्न अपिल गरेका छन ।
यस बिषयमा जारी प्रेस बिज्ञाप्तिहरु :

प्रतिक्रियाहरु

[anycomment]