नेकपा जिल्ला जनसरकार प्रमुख

२०७४ फाल्गुन ५ गते, शनिबार

काठमाडौं , ५ फागुन । नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला जनसरकार प्रमुख लालबहादुर लामालाई आज बिहान प्रहरीले गिरफ्तार गरेको छ । लामाई सर्लाहीको धरहरास्थित आफ्नै घरमा बसिरहेकै अवस्थामा बिनाकारण प्रहरीले गिरफ्तार गरेको हो ।
यस्तै प्रहरीले नेकपा धनकुटाका जिल्ला सदस्य तथा महालक्ष्मी नगरपालिका इन्चार्ज हरि श्रेष्ठलाई पनि गिरफ्तार गरेको छ । श्रेष्ठलाई महालक्ष्मी नगरपालीकास्थित जितपुरमा रहेको घरबाट गिरफ्तार गरेको बताईएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीले बिनाकारण आफ्ना नेता कार्यकर्ता पक्राउ गर्ने कार्य बन्द गर्न आग्रह गर्दै गिरफ्तारमा परेकालाई तत्काल रिहा गर्न माग गरेको छ । पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे कडा संघर्षमा उत्रने पनि नेकपाले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]