जनस्वयंसेबकको कार्यक्रममा प्रहरी हस्तक्षेप, दमनबिरुद्ध सडकमा उत्रने चेतावनी

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं , ६ फागुन । राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकोमा नेकपाले घाेर आपत्ति जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्यस्तो हर्कत नगर्न प्रहरी प्रशासनलाई कडा चेतावनी दिएका छन । प्रवक्ता प्रकाण्डले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको बताएका छन । उनले सरकारलाई यस्तो हर्कत तकाल बन्द गर्न चेतावनी समेत दिएका छन । अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]