ओली सरकारको दिनगन्ती शुरु, राज्य आतंक विरुद्ध नेपाल बन्द

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीले राज्य आतंक विरुद्ध नेपाल बन्द आव्हान गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन ८ गते नेपाल बन्द आव्हान गरेका हुन् । महासचिव विप्लवद्वारा जारी विज्ञप्तीमा आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना सर्त मुक्त गर्न माग र आग्रह गर्दै अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिइएको छ ।
महासचिव विप्लवद्वारा प्रेस विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो । विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरुलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।
यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]