जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सम्पन्न

>काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ l प्रहरीको दमन , हस्तक्षेप बीच समपन्न सो सम्मेलनवाट बाबुराम राईको अध्यक्षतमा ४५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ l इटहरीमा सम्पन्न सो सम्मेलनबाट उपाध्यक्षमा मिना चलाउने, महासचिव दिप राज शेर्पाली,सचिव देव गुरुङ, कोसाध्य्छ्य प्रेम बि क निर्बाचित भएका छन l रास्टिय युवा राष्ट्रिय युवा जनस्वय सेवक अब नया बिचार,योजना र नेतृत्व सहित Young red force को नाममा अगाडि आएको छ । बन्द शत्रमा ७५ वटै जिल्लाबाट करिब तीन सय भन्दा बढी प्रतिनिधी पर्यवेक्षकहरु सहभागी थिए । विराटनगरको गुन्द्रिबजारमा सम्मेलन गर्ने तय गरिएपनि सम्मेलन सुरु हुनु अघि नै प्रहरीले ब्यापक धरपकड र हस्तक्षेप गरेको थियो । सो क्रममा नेकपाको स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन ,पोलिटब्युरो सदस्य पदम राई लगायत दुई सय १७ जना नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।