सुकुम्बासी संघले जनकारबाही थाल्ने

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले जनकारबाही थाल्ने बताएको छ । उसले सुकुम्बासीका जमिन बेचेर घरवारविहीन बनाउने भूमाफियामाथि जनकार्वाही गर्ने निर्णय गरेको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले देशव्यापी रुपमा सुकुम्बासीमाथि भएको ज्यादतीका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १३ गते देखि सुकुम्बासीहरुको संघर्षलाई देशव्यापाी बनाउने निर्णय समेत गरेको उल्लेख गरेका छन् ।
यस बिषयमा सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ – “अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको चाैथाे केन्द्रीय समिति काे बैठक यहि फागुन ७ र ८ गते कैलालीको टीकापुरमा सम्पन्न भयाे । बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक जानकारी काे लागि याे प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) बैठकले सर्वप्रथम जनक्रान्तिका महान सहिद तथा बेपत्ता याेद्धाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्याे ।
२) बैठकले कथित स्थानीय तथा संघ र प्रदेशको चुनाव खारेजी अभियान र त्यसमा संघले खेलेको भुमिकाकाे बारेमा गहन रिपोर्ट सहितको समीक्षा गर्याे । जसअनुसार यसमा संघको महत्त्वपूर्ण भुमिका रहेको र त्यस सिलसिलामा सुकुम्बासी संघका मात्रै करिब तीन दर्जन जति नेता कार्यकर्ता गिरफ्तार भएको, संघर्षको अग्रमाेर्चामा सुकुम्बासी रहेको समीक्षा गर्याे ।
३) बैठकले पार्टीको तीन महिने एकीकृत जनजागरण अभियान संगसंगै सुकुम्बासी जागरण अभियान पनि संचालन गर्ने, सुकुम्बासी समस्या सम्बन्धी व्यापक अन्तरक्रिया , छलफल , गाेष्ठीहरू गर्ने, भूमाफियाहरुलाई जनकारबाही गर्ने, लालपुर्जा प्राप्ति र अन्य सेवासुबिधा लगायतकाे लागि संघर्ष गर्ने निर्णय गरेकाे छ ।
४) बैठकले कैलालीको हरैयालगाएत जिल्लाका विभिन्न ठाउँमा दलालहरुले सुकुम्बासी बसेका जमिन बेचेर घरबारविहीन बनाउने कार्यका बिरुद्ध संघर्ष गर्ने, सर्लाहीको सागरनाथ परियाेजनाले उठाएको बस्ती फिर्ता गर्न संघर्ष गर्ने, बाराको टाँगिया बस्तीको उचित पुनस्र्थापनाकाे लागि संघर्ष गर्ने, बर्दिया, बाँके, झापा, सुनसरी, महाेत्तरी, पाेखरा, कंचनपुर, रुपन्देही, नवलपरासी, चितवन, उपत्यकालगायतका ठाउँमा सुकुम्बासीमाथि भएको ज्यादतीका बिरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । त्यसको लागि यहि फागुन १३ गते देखि देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाईने छ ।
५) बैठकले संघका केही पदाधिकारीहरुले संघको नीति विपरित कार्य गरेकोले निस्कासन, निलम्बन र चेतावनी गर्नुका साथै केही थप र बढुवा पनि गरेको छ । त्यसको साथै कार्यबिभाजन पनि साेही अनुसार गरेकाे छ र अागामी जेठको पहिलो हप्ता राष्ट्रिय सम्मेलन गर्ने र त्यसको लागि बैशाखसम्म सम्पूर्ण जिल्लाका भेला सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।
६) बैठकले दलाल सत्ता र त्यसले सुकुम्बासीमाथि गर्ने हरेक बिराेधी हर्कतका बिरुद्ध डटेर संघर्ष गर्ने निर्णय गरेकाे छ । यसमा सहयोग र साथ दिन सम्पूर्ण भूमिहीन सुकुम्बासी र न्याय प्रेमि जनसमुदायमा संघ हार्दिक अपिल गर्दैछ ।”