जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतानीसहितको पत्र

काठमाडौ , १४ फागुन । स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई राजिनाम दिन नेपाल कम्युनिस्ट पार्टीले पत्र पठाएको छ । नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको भेरी कर्णाली जनपरिषद्ले जनप्रतिनिधिहरुलाई राजिनामा गर्नुको साथै कार्यशैली सच्चाउन भन्दै पत्र पठाएको बताइएको छ ।
राजिनामा माग गरिएको एउटै बेहोराको पत्र सुर्खेतका अधिकांश स्थानीय तहका प्रतिनिधिको हातहातमा पुगेको छ । पत्रमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, बाबुरामले आत्मसर्मपणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ । पत्रमा जनप्रतिनिधिले कमिसन र जनताको ढाड सेक्नेगरी कर वृद्धि गर्ने कार्यमा जनप्रतिनिधि लागेको जानकारी भएको बताइएको छ ।
वीरेन्द्रनगर वडा नं ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले राजिनामा पत्र आएको स्वीकार गरे । उनले केही व्यक्ति विहानै घरमै आएर पत्र छोडेर गएको बताए । त्यसैगरी वडा नं ४ का वडाअध्यक्ष निलकण्ठ खनालले उम्मेदवारी दिँदापनि यस्ता कुरा आएको बताउँदै राजनीति स्तरबाटै छलफल गर्नुपर्ने धारणा राखे । वीरेन्द्रनगर वडा नं ३ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्रीले माओवादी जनयुद्धकै शैलीमा धम्किपूर्ण पत्र आएकोले काम गर्न केही असहज भएको बताए ।
“कथित संसदीय चुनावमा तपाईँलाई उम्मेदवार नहुन र खारेज अभियानमा साथ दिन हाम्रो पार्टीले अपील गरेको थियो । यो अपिललाई तपाईँले उलंघन गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यति मात्रै होइन कथित चुनावबाट विजयी भएपछि कमिसन खोर भ्रष्टचार, जनताको ढाड सेक्ने गरी कर असुलीमा लाग्नु भएको कुरा बुझिन्छ । खारेज अभियानमा सहभागी जनमतको पूरै अवज्ञा गर्नेतिर लाग्नु भयो । तपाईँलाई जानकारी हुनुपर्ने, देशमा दुई सत्ता छ, जनताको पनि आफ्नै सत्ता छ । दलाल संसदीय संघीय पुँजिवादी व्यवस्थाबाट होइन जनताको वैज्ञानिक समाजवादी सत्ताबाट मात्र देश र जनताको पूर्ण मुक्ति पाउने छन्, जुन व्यवस्था स्थापनाको लागि तपाईँको साथ र सहयोग हुनेछ” पत्रमा उल्लेख छ । जनपरिषद् जिल्ला प्रमुख हरी पालीले हस्तक्षार गरेको पत्रले अधिकांश जिल्लाका जनप्रतिनिधि त्रसिद बनेका छन् ।
यस्तो छ राजिनामा माग गरिएको पत्र :