सहिद परिवारलाई विप्लवको भावुक सन्देश

२०७४ फाल्गुन १५ गते, मंगलवार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले २३ अाैं जनयुद्ध दिवसअन्तर्गत शहिद सप्ताहकाे अवसरमा जनयुद्धका महान् सहिदहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । साथै महासचिव विप्लवले जनयुद्धका सहिद परिवारप्रति उच्च अभिनन्दन समेत व्यक्त गरेका छन् । ‘अादरणीय सहिद उच्च उच्च सम्मान, लाख लाख सलाम । हामी त्यहीबाट अगाडि बढिरहेका छाैं, जहाँबाट तिमी र हामीले साझा सपना महान् समाजवाद र साम्यवादकाे सपना देखेका थियाैं ।’ जनयुद्धका सहिद परिवारलार्इ अभिनन्दन पत्रमा महासचिव विप्लवले भनेका छन्- ‘एक दिन हाम्राे सपना पूरा गरिछाड्ने छाैं ‘ भन्दै महासचिव विप्लवले जनयुद्धका घाइते र बेपत्ता परिवारप्रति पनि उच्च सम्मान जाहेर गरेका छन् ।
‘अादरणीय महान् सहीद तथा वेपत्ता परिवार र घाइते याेद्धाहरू हृदयदेखिकाे सम्मान ।’ महासचिव विप्लवले सम्मान पत्रमा भनेका छन्- ‘हाम्राे परिवारकाे साथ चुडाउने, रगत बगाउने र जनतालार्इ गएगुज्रेकाे जीवनमा धकेल्ने प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थालार्इ घृणा गराैं ।’ ‘वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा सहभागी बनाैं’ भन्दै महासचिव विप्लवले सम्मानपत्र मार्फत सन्देश दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]