थापा गृहमन्त्री, अनन्तलाई छटपटी

काठमाडौँ, १४ फागुन । माओवादी केन्द्रभित्र गृहलाई लिएर तानातान र हानाहान भैरहेको समयमा अन्ततः वरिष्ठ नेता रामबहादुर थापाले गृह मन्त्रालयको चावी हात पार्न सफल भएका छन । गृह नपाए सरकारमै नजाने नेता वर्षमान पुन ‘अानन्त’ले दिएको चेतावनीको बेवास्ता गर्दै अध्यक्ष पुष्पकमल दाहालले थापालाई गृहमन्त्रीको जिम्मा दिएका हुन् । गृह अाफूले नपाएपछि सरकारमा नजाने पुनले अडान राखेपछि दुई जनालाई मात्रै सरकारमा पठाइएको छ । नेता पुनले अाफूमाथि अपमान भएको भन्दै अध्यक्ष दाहालसँग अाफू सरकारमा नजाने बताएपछि बाँकी मन्त्रीलाई माकेले पठाउन सकेन । अर्का नेता मातृका प्रसाद यादव उद्योग मन्त्री बनेका छन् ।
केही दिनदेखि निकै दौडधुप गरेका नेता पुन गृहमन्त्री बन्नबाट राेकिएपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले भारतको पराजय भएको बताएका छन् । भारतले नेता पुनलाई समर्थन गरेको बताइएको थियो । पार्टी अध्यक्ष दाहाललाई पनि भारतीय पक्षले पुनलाई नै गृहमन्त्री बनाउन दबाब दिँदै अाएको माकेकै नेताहरुले बताउँदै अाएका थिए । त्यसैगरी थापाको पक्षमा चिनियाँ पक्ष रहेको पनि बताइएको थियो । सामाजिक संजालमा थापा गृहमन्त्री हुनुलाई भारतको हार र चीनको जितको रुपमा व्याख्या गरेका छन् । अर्थमन्त्री भइसकेका नेता पुनले गृह मन्त्रालय नपाए पछि आफ्नी श्रीमती ओन्सारीलाई सभामुख बनाउन दौधुप चलाउन थालेको स्रोतले बताएको छ i