फागुन २० गते देशब्यापी शैक्षिक हडताल

काठमाडौँ, १५ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)ले फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल आव्हान गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल गर्ने बताएको छ । फागुन २७ देखि ३० सम्म राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीका नेताहरु धमाधम गिरफ्तार हुन थाले पछि आक्रोशित बनेको छ । राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले संगठनका नेता कार्यकर्ता धरपकड गरेको र उक्त्त ब्यवहारले आफुहरुलाइ आक्रोशित बनाएको बताएको छ । क्रान्तिकारीका अध्यक्ष पुर्ण बहादुर सिहले प्रेस बिज्ञप्तीमा जारी गर्दै उक्त घोषणा गरेका हुन । बिज्ञप्तीमा गिरफ्तार सबै नेता कार्यकताको रिहाइको माग गर्दै फागुन २० सम्मको पहिलो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको उल्लेख गरिएको छ।