सहीद स्मृति सभा गृह निर्माण कार्य तिब्र

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवले सिलान्यास गरेको सहीद स्मृति सभा गृह निर्माणलाई तिब्रता दिइएको छ । महासचिव विप्लवद्वारा गत भाद्रमा कालीकोटको माल्कोटको गनौज पातलमा सहीद स्मृति सभा गृह निर्माणको सिलान्यास भएको थियो । ७०० जना अट्ने सहीद स्मृति सभा गृहलाई केहि महिना भित्रै सम्पन्न गर्ने लक्षका साथ् कार्यलाई तिब्रता दिइएको नेकपा कालिकोटले बताएको छ ।