फरारको सूचीमा रहेका सांसद् सिलवाललाई माधव नेपालको साथ

२०७४ फाल्गुन २० गते, आईतवार

काठमाडौं ,२० फागुन । प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाललाई एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले साथ् दिएका छन । सपथ ग्रहण कार्यक्रममा सहभागी हुन सिलवाल माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका छन् । आज अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ । सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]