सरकारलाई कर नतिर्न अपिल

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्ला जनपरिषदले सरकारलाई कर नतिर्न आम जनता समक्ष अपिल गरेको छ । उसले जनताले तिरेको करको चरम दुरुपयोग भईरहेकाले सरकारलाई दिदै आएको कर नतिर्न अपिल गरेको हो । जिल्ला जनपरिषदका प्रमुख ध्रुव अधिकारीले एक बिज्ञप्ती जारी गरि जनताको करमाथि नै भ्रष्टचार हुनुका साथै कमिशन , ठुला नेताहरुको उपचार र मोजमस्तीमा दुरुपयोग भईरहेकाले विभिन्न नाममा सरकारले उठाउँदै आएको कर नतिनै अपिल गरेका छन । साथै उनले संसदीय सत्ताको बहिस्कार गरि नयाँ समाजवादी सत्ताको स्थापनामा सहयोग पुर्याउन अपिल समेत गरेका छन ।
देशमा दुईवटा सत्ताका संरचनाहरु अस्तित्वमा रहेको प्रष्ठ पार्दै अधिकारीले नेकपाको जनसत्ताले संसदीय व्यावस्थालाई सुद्ढि र सस्थागत गर्न लादिएको कथित स्थानीय , प्रदेश र प्रतिनिधी सभाको चुनाव शसक्त एवंम् सशस्त्र रुपमा खारेज गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागी एकिकृत जनक्रान्ति अगाडि बढाईरहेको जनपरिषदका प्रमुख अधिकारीद्वारा बिज्ञप्तीमा जनाईएको छ ।