कांग्रेस संसदीय दलको नेता देउवा

२०७४ फाल्गुन २१ गते, सोमबार

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएका छन् । उनि प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै संसदीय दलको नेता चुनिएका हुन् । ६३ मतमध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गरे । मतदानकाक्रममा पहिलो भोट नेता सिंहले खसाले भने दोस्रो भोट देउवाले खसालेका थिए । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् । आज २ बजे नै संसदीय दलको बैठक समेत आब्हान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]