सहिदका सपना पूरा गर्ने प्रतिवद्धता

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध र सुखानीका सहिदहरुको सम्झनामा स्मृति सभाको अायोजना गरेको छ । नेकपा कैलालीले जनयुद्धको सहिद सप्ताको समापन र सुखानी स्मृति सभाको अायोजना गरेको हो । कार्यक्रममा बोल्दै नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सहिदहरुले बलिदान गरेको उद्देश्यमा अाफूहरु अगाडि बढिरहेको बताए ।पुनले सुखानीहुँदै जनयुद्धका सहिदहरुको सपना एक थरी नेताहरुले अपमान गरेको बताउँदै अाफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याएर सहिदका अधुरा सपना पूरा गरिछोड्ने बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना घाइते अपांग योद्धा संघका केन्द्रीय अध्यक्ष प्रेम बयक, नेकपा कैलालीका सचिव गणेश ढकाललगायले सहिदका सपना पूरा गरिछोड्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
जनयुद्धका सहिदहरुको सम्झनामा फागुन १४ देखि २१ गतेसम्म तत्कालिन नेकपा (माओवादी) ले जनयुद्धकालमै सहिद सप्ताह मनाउन सुरु गरेको थियो ।