प्रधानमन्त्री ओलीबिरुद्ध सर्वोच्चमा मुद्दा

२०७४ फाल्गुन २३ गते, बुधबार

काठमाडौँ , २३ फागुन । अधिवक्ता यज्ञमणि न्यौपानेले सांसदको सथप नलिएरै प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन । सांसदको सपथ नलिएका व्यक्ति प्रधानमन्त्री हुन नसक्ने भन्दै अधिवक्ता न्यौपानेले बुधबार रिट दायर गरेका हुन् । संघीय सांसदहरुले शपथ फागुन २० गते लिएका थिए तर फागुन ३ गते नै ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका थिए । सांसदको शपथ नबन्दासम्म संसदले कसैलाई नचिन्‍ने भएको दाबी गर्दै अधिवक्ता न्यौपानले प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीलाई बखास्त गर्नुपर्ने माग रिटमा गरेका छन्। रिटको पेशी आउँदो शुक्रबारका लागि पेसी तोकिएको छ । माओवादी केन्द्रको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले फागुन १४ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।
न्यौपानेका निटक कानुन कानुन व्यवसायीहरुले प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीहरु बर्खास्त हुने दाबी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]