ओलीलाई ९४ बुँदे ज्ञापनपत्र

काठमाडौँ , २५ फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले प्रधानमन्त्री केपी ओलीलाई ९४ बँुदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाका संयोजक सीपी गजुरेलको नेतृत्वमा गएको सो टोलिले प्रधानमन्त्री ओलीसंग जनजीविकासँग जोडिएका मागहरु तत्काल पुरा गर्न अहिलेको कर्मचारीतन्त्र अवरोध रहेको बताएको थियो । मोर्चाका संयोजक गजुरेलले आफुहरुले बुझाएका मागहरु अहिलेको वामपन्थी सरकारले भोलिदेखि नै कार्यान्वयन गर्न सक्ने भएपनि त्यसका लागि कर्मचारीतन्त्र अवरोधका रुपमा रहने बताए । उनले भने, ‘केही माग सरकारले भोलीनै कार्यान्वयन गर्न सक्छ, यो वामपन्थी सरकारले हाम्रा माग पूरा गर्नुपर्छ । तर भ्रष्ट कर्मचारीतन्त्रका कारण हाम्रा माग पूरा होलाजस्तो लाग्दैन ।’
संयोजक गजुरेलले प्रधानमन्त्री ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको बताउँदै ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्त्री ओलीले यिनै माग बोकेर आगामी दिनमा आउनुनपर्ने जवाफ दिनुभएको स्मरण समेत गरे । उनले भने, ‘प्रधानमन्त्रीलाई हामीले ९४ बुँदे मागपत्र बुझाएका छौं, मागपत्र बुझाएलगत्तै प्रधानमन्त्रीले यिनै बुँदा बोकेर अबदेखि आउनुपर्दैन भन्नुभएको छ ।’ अर्को एक प्रसंगमा गजुरेलले यो सरकारले जनगणतन्त्र ल्याउन नसक्ने दाबी गर्दै त्यसका लागि आफुहरुनै हामी आफै लड्नुपर्ने दाबी गरे । उनले मुलुक असफल हुने संघारमा पुगेको दाबी समेत गरे । नेकपा क्रान्तिकारी माओवादी निकट मोर्चाका संयोजक गजुरेलको नेतृत्वमा आज भ्रष्टाचार, महंगी, जनजिविकिा लगायतका मागको तत्काल सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।