जनप्रतिनिधिले कुखुरा चोरेर खाएपछि…

२०७४ फाल्गुन २७ गते, आईतवार

काठमाडौं, २७ फागुन । जनप्रतिनिधिले अाफ्नै खोरका कुखुरा चोरेर खाएपछि कालिकोटका स्थानीयबासी अाक्रोसित भएका छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीमाथि कुखुरा चोरीको आरोप लागेको छ । यही फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको भन्दै स्थानीयले राजिनामा मागेका छन् ।
स्थानीयले प्रेस विज्ञप्ति नै निकालेर ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’वडाध्यक्ष केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएको दाबी गरेका छन् । वडाध्यक्ष केसीले कुखुरा चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसीलगायतको टोलीले आफूसँगै खाजा खाएको स्वीकारेका छन् । केसीले सिपखानाका व्यापारीसँग अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरूले मासु खाएको बताए । त्यहीकारण आफूहरूमाथि कुखुरा चोरीको आरोप लगाइएको वडाध्यक्ष केसीले बताए । फरक पार्टी भएकै कारण बद्नाम गर्न उक्त अारोप लगाएको बताए । स्थानीयले राजिनामा मागेका छन् । राजीनामामा नदिए नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको स्थानीय जनसरकारमा मुद्दा दिने तयारी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]