सर्वोच्चका न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिस्कार

काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशकारुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् ।
डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि सुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिस्कारको घोषणा गरेका हुन् । न्यायाधीश राणाले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायायाधीश भएको इजलास बहिस्कार गरेका हुन् । – रासस