अखिल क्रान्तिकारीको अध्यक्षमा ढकाल

२०७४ चैत्र १ गते, बिहीबार

काठमाडौं, १ चैत्र । अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा काठमाडौं युनिभर्सिटीबाट चिन्रन्जीवि ढकाल, नरेन्द्र विक, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटिइभिटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द, भवानी ओझा, सुदुर पश्चिम विश्वविद्यालयबाट विरेन्द्र शाह, राप्ती ब्यूरोबाट दाङका हेमन्त जिसी, महिला जनजातिबाट प्रितिमा चौधरी प्यूठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट चयन हुनुभएको छ भने नारायणी ब्यूरोबाट मदन केसी प्रलाद गौतम छन् ।
त्यस्तै लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर, कुलराज बन्जाडे, शहिद स्मृति विद्यालयबाट तेज विक्रम वली, भेरीबाट मदन चन्द, प्रेम शाही, भरत रावल, कर्णालीबाट रत्न ओथ, प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक, विरेन्द्र विक, महाकालीबाट विरेन्द्र, प्रकाश जप्रेल, संकर महरा, सन्तोषी भट्टराई लगायत ५९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्दै आज बिहान सम्मेलन सकिएको हो । थप अरु पदाधिकारी केन्द्रीय समितिको बैठकले टुंग्याउने अखिल ((क्रान्तिकारी)ले जनाएको छ ।
अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन दाङको घोराहीमा फागुन २७ गते शुरु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]