आज कोशी बन्द

२०७४ चैत्र ११ गते, आईतवार

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोले आव्हान गरेको कोशी बन्दको कारण पूर्वकाे जनजीवन ठप्प भएकाे छ । बन्दको कारण झापाबाट देशका विभिन्न ठाउँमा सञ्चालित हुने सगरमाथा यातायात व्यवसाय सङघले बन्दलार्इ स्वतस्फर्त रूपले सर्मथन गरेका छन् । त्यसैगरी विराटनगरबाट देशव्यापी सञ्चालित हुने यात्रुबाहक बस सञ्चालन गर्ने बस व्यवसाय सङ्घहरु पूर्वाञ्चल बस व्यवसाय, कोशी बस व्यवसाय, शप्तकोशी बस व्यवसायहरु टिकट नै नकाटेर यातायात बन्द गरेका छन् । नेकपा केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत तीन जिल्लाका इन्चार्जकाे गिरफ्तारका विरूद्ध नेकपाले बाध्य भएर काेशी अंचल बन्द गर्नु परेकाे बताएकाे छ।
यसैबीच आज बिहान मोरङको प्रहरी वृत नजिकै पखरी र उर्लाबारी बजारमा बम विष्फोट भएको छ । भने पूर्वबाट पश्चिम जाँदै गरेको एउटा बसमा आगजनी भएको छ । काकरभिट्टाबाट पश्चिमतर्फ जांदै गरेको बस दमकको चियाबगान बेतानी पुल नजिकै आगजनी भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]