नेकपाका नेता विरहीलाई पितृशोक

२०७४ चैत्र १३ गते, मंगलवार

काठमाडौं, १३ चैत । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीलाई पितृशोक परेको छ । विरहीको बुबा प्रेम नारायण सापकोटाको ९१ वर्षको उमेरमा आज बिहान ४ः२५ बजे रत्न नगर – ५ चितवनमा निधन भएको हो । विरहीको बुबा प्रेम नारायण सापकोटाको निधन प्रति नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन । प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा बुबा प्रेम नारायाण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी केन्द्रीय समितिको पोलिट ब्युरो सदस्य तथा पूर्वी कमाण्ड इनचार्र्ज क.विरहीको बुवा प्रेम नारायण सापकोटाको ९१ वर्षको उमेरमा आज बिहान ४ः२५ बजे रत्न नगर – ५ चितवनमा निधन हुन पुग्यो । उहाँ विगत केही समयदेखि अस्वस्थताको सामना गरि रहनु भएको थियो । निधन हुनु भएका बुवा प्रेम नारायण सापकोटाप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकमग्न क.विरही लगायत उहाँका सम्पूर्ण परिवार तथा आफन्तजनहरुप्रति पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।
बुवा प्रेम नारायण सापकोटाले पार्टी र क्रान्तिमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँको क्रान्ति र परिवर्तनप्रतिको बाँकी आकाँक्षालाई पुरा गर्न हाम्रो पार्टी क्रान्तिको यात्रामा अविछिन्न अगाडि बढी रहने प्रतिवद्धता पनि व्यक्त गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]