‘भ्रामक समाचारको बिश्वास नगर ‘

काठमाडौं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टीले निर्माण ब्याबशायीसंग आफ्नो पार्टीलाई जोडेर केहि अनलाइनले भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । निर्माण ब्याबशायीको बिषयलाई जोडेर पार्टी प्रवक्ता प्रकाण्डको हवाला दिदै केहि अनलाइनले आधारहीन , कपोलकल्पित र हावादारी समाचार प्रचार गरेपछि उसले आपत्ति जनाएको हो ।
यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्डसंग सम्पर्क राख्दा उनले उक्त समाचार भ्रामक र हावादारी भएको बताए । उनले यस्तो पितपत्रकारिताले जनभावनामाथि ठेश पुग्ने बताउदै यस्ता हावादारी , कपोलकल्पित र कुत्सित मनशायले समाचार नलेख्न आग्रह गरे । प्रवक्ता प्रकाण्डले यस्ता आधारहीन, भ्रामक र नियोजित समाचार नलेख्न सम्बधित अनलाइनलाई चेतावनी दिदै त्यस्ता भ्रामक समाचारको बिश्वास नगर्न आम जना समुदायलाई अपिल समेत गरे ।