नेकपाद्वारा खुलालु माल्कोट सडक निर्माण तिब्र

२०७४ चैत्र १६ गते, शुक्रबार

काठमाडौं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा सुरू गरेकाे कालिकोटको खुलालु मालकोट सडकखण्ड निर्माण कार्यलाई तिब्रता दिएको छ ।
नेकपाको केन्द्रिय योजना अनुसार अाजबाट बिधिवत रूपमा जिल्लाको खुलालु देखि लैफू सम्मको सडक खण्डमध्ये माल्कोट सम्मको सडक निर्माण गरिएकाे जनाईएको छ । उक्त सडकको गत फागुन १ गते जनयुद्ध दिवशको अवसर पारेर उद्घाटन गरिएको थियाे । करिब ६ /७ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिईएको जनाइएकाे छ । पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने नेकपाले जनाएको छ । ससस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ बर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]