नेकपामाथि धरपकड

२०७४ चैत्र १७ गते, शनिबार

काठमाडौं, १७ चैत । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि धरपकड तथा गिरफ्तारलाई तीब्रता दिएको छ । झापासहित पूर्वका अधिकांश जिल्लाहरुमा नेकपाका नेता-कार्यकर्ताहरुको घरमा छापा मार्ने र गिरफ्तारलाई प्रहरीले जारी राखेको छ । नेकपाका झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्ग र दलितमुक्ति मोर्चाका केन्द्रीय सदस्य दिपक लकाङद्री ‘दर्शन’लाई प्रहरीले गिरफ्तार गरेको छ । इलामबाट विशाल राई, विमल राई पनि गिरफ्तार गरिएको छ ।
यसैगरी पाचथरबाट पेम्बा शेर्पा, विजय लिम्बु, पेलिया लिम्बु, भूपेन्द्र लिम्बुलाई पनि गिरफ्तार गरेको छ । धरपकड तथा गिरफ्तारीको नेकपाले विरोध गरेको छ । गिरफ्तार नेता-कार्यकर्तालाई तत्काल रिहा गर्न नेकपाले माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]